view this blog for nepali gazals these gazals are written by third parties.....
Friday, November 28, 2014
==========गजल===========
यही मंसिरमा हामीले विहे गरौं भन्छे जुनकीरीले
यो मनमा अब हामी खुशी भरौं भन्छे जुनकीरीले||
कति बाँच्नु एक्लै एक्लै दुईटा मुटु छुट्टिएर हामी
खुशी जगाइ पिडाहरु सबै हरौं भन्छे जुनकीरीले||
माया अनि पिरतीले नै मनको संसार रंगिन हुन्छ
जिन्दगीका हरपलमा रंग छरौं भन्छे जुनकीरीले||
दुःख सुख शेएर गरौं माया सद्भावनि बाँडौं हामी
एकअर्काको हामी भरोसा परौं भन्छे जुनकीरीले||
मलाई थाहा छ समाजले स्वुईकार्दैन हाम्रो माया
भागौं प्यारा अन्तै बसाइँ सरौं भन्छे जुनकीरीले||
गहारो हुन्छ एक्लै एक्लै जिन्दगीको सागर तर्न
तिमी माँझी म डुङ्गा भई तरौं भन्छे जुनकीरीले||
खाँऔं कसम् जुनी काट्ने एकअर्कामा भर परी
संगसंगै हामी बाँचौं अनि मरौं भन्छे जुनकीरीले||
==========================
११/०८/२०७१
साहित्यपारखी मगर मोहन
थारमारे ४ सल्यान
हालःमुग्लानि भुमिबाट===
Labels:
नेपाली गजल,
साहित्य
Subscribe to:
Post Comments (Atom)
धेरै राम्रो सकेसम्म सम्पर्क माआउनु होला9821110997
ReplyDeleteधेरै राम्रो सकेसम्म सम्पर्क माआउनु होला9821110997
ReplyDelete