BIs Nu Vugel
Nov 25th, 5:59pm
गजल
एउटा कुरा भन्न मन छ तिमी मेरी नभएनी,
किनकिन दङ्ग मन छ तिमी मेरी नभएनी।।
तिम्रो मुहर हासो खुसी उमङ्गले भरिएको,
हेर्ने बाटो खन्न मन छ तिमी मेरी नभएनी।।
तिम्ले शिखर चुम्ने दिन छिट्टै आओस भन्दै भन्दै,
औॅला भाची गन्न मन छ तिमी मेरी नभएनी।।
यो जन्म त पराई भयौ धरो धर्म अर्को जन्म,
साच्ची तिम्रै बन्न मन छ तिमी मेरी नभएनी ।।
अर्को जन्म पनि तिमी यदि मेरी भैनौ भने,
दैब सँग लड्न मन छ तिमी मेरी नभएनी।।.....
बिष्णु भुजेल
सालु ४,रामेछाप "टोकियो"
No comments:
Post a Comment