Friday, November 28, 2014

==========गजल===========


यही मंसिरमा हामीले विहे गरौं भन्छे जुनकीरीले
यो मनमा अब हामी खुशी भरौं भन्छे जुनकीरीले||

कति बाँच्नु एक्लै एक्लै दुईटा मुटु छुट्टिएर हामी
खुशी जगाइ पिडाहरु सबै हरौं भन्छे जुनकीरीले||

माया अनि पिरतीले नै मनको संसार रंगिन हुन्छ
जिन्दगीका हरपलमा रंग छरौं भन्छे जुनकीरीले||

दुःख सुख शेएर गरौं माया सद्भावनि बाँडौं हामी
एकअर्काको हामी भरोसा परौं भन्छे जुनकीरीले||

मलाई थाहा छ समाजले स्वुईकार्दैन हाम्रो माया
भागौं प्यारा अन्तै बसाइँ सरौं भन्छे जुनकीरीले||

गहारो हुन्छ एक्लै एक्लै जिन्दगीको सागर तर्न
तिमी माँझी म डुङ्गा भई तरौं भन्छे जुनकीरीले||

खाँऔं कसम् जुनी काट्ने एकअर्कामा भर परी
संगसंगै हामी बाँचौं अनि मरौं भन्छे जुनकीरीले||
==========================
११/०८/२०७१
साहित्यपारखी मगर मोहन
थारमारे ४ सल्यान
हालःमुग्लानि भुमिबाट===

2 comments:

  1. धेरै राम्रो सकेसम्म सम्पर्क माआउनु होला9821110997

    ReplyDelete
  2. धेरै राम्रो सकेसम्म सम्पर्क माआउनु होला9821110997

    ReplyDelete