Friday, November 28, 2014

गजल

Badal Sharma
Nov 27th, 5:57pm
तिमि त् पूर्णेको जुन चादनी बुन्ने मान्छे
म धर्तिको बोझ सियोमा धागो उन्ने मान्छे

तिमि त आफै इश्वर सर्ब शक्तिमान छौ
म आफ्नै पिडा पथ्थरलाई भन्ने मान्छे

तिमि त हासो खुशी दुनियामा बाड्ने गर्छौ
म त औला भाची-भाची बेदना गन्ने मान्छे

कसरि सक्यौ बिर्सन यति निर्दयी त थीइनौ
तिमीलाई हासो थमाएर म आसु चुन्ने मान्छे

No comments:

Post a Comment