BIs Nu Vugel
Nov 25th, 5:59pm
गजल
एउटा कुरा भन्न मन छ तिमी मेरी नभएनी,
किनकिन दङ्ग मन छ तिमी मेरी नभएनी।।
तिम्रो मुहर हासो खुसी उमङ्गले भरिएको,
हेर्ने बाटो खन्न मन छ तिमी मेरी नभएनी।।
तिम्ले शिखर चुम्ने दिन छिट्टै आओस भन्दै भन्दै,
औॅला भाची गन्न मन छ तिमी मेरी नभएनी।।
यो जन्म त पराई भयौ धरो धर्म अर्को जन्म,
साच्ची तिम्रै बन्न मन छ तिमी मेरी नभएनी ।।
अर्को जन्म पनि तिमी यदि मेरी भैनौ भने,
दैब सँग लड्न मन छ तिमी मेरी नभएनी।।.....
बिष्णु भुजेल
सालु ४,रामेछाप "टोकियो"
नेपाली उत्कृष्ट गजल , कविता ,सृजना ......
view this blog for nepali gazals these gazals are written by third parties.....
Friday, November 28, 2014
नेपाली गजल
सुरज सोडारी "अज्ञात "
सपना लिएर आउने प्राया, सपना हुन्छन्
भुलिने पनि त उत्तिकै नै सम्भावना हुन्छन्
आफन्तहरु त सधैं नै, हाँसी रहन्छन सबै
मेरो हारमा खुशी झन अरु दुइ-चार जना हुन्छन्
चाँदनी नहाराउला भन्न पनि, सकिन्न हेर
प्रियासिका थुप्रै उपहारहरु, कामना हुन्छन्
प्रतिद्वान्दी हार्छ, अचम्म, उसैको प्रसंसा हुन्छ
जित्नेहरुकै त हो नि यहाँ अलोचना हुन्छन्
भगवान हुँदैन नजाउ मन्दिर, मस्जिद पनि
नास्तिकका पनि त आफ्नै तर्क र ,धार ना हुन्छन्
अचम्म नमान्नु कुनै दिन ढुंगा उठेर हिने
कसैको बर्सौँसम्मको यस्तै मौन् साधना हुन्छन
खाँदबारि, संखुव-सभा
सपना लिएर आउने प्राया, सपना हुन्छन्
भुलिने पनि त उत्तिकै नै सम्भावना हुन्छन्
आफन्तहरु त सधैं नै, हाँसी रहन्छन सबै
मेरो हारमा खुशी झन अरु दुइ-चार जना हुन्छन्
चाँदनी नहाराउला भन्न पनि, सकिन्न हेर
प्रियासिका थुप्रै उपहारहरु, कामना हुन्छन्
प्रतिद्वान्दी हार्छ, अचम्म, उसैको प्रसंसा हुन्छ
जित्नेहरुकै त हो नि यहाँ अलोचना हुन्छन्
भगवान हुँदैन नजाउ मन्दिर, मस्जिद पनि
नास्तिकका पनि त आफ्नै तर्क र ,धार ना हुन्छन्
अचम्म नमान्नु कुनै दिन ढुंगा उठेर हिने
कसैको बर्सौँसम्मको यस्तै मौन् साधना हुन्छन
खाँदबारि, संखुव-सभा
==========गजल===========
यही मंसिरमा हामीले विहे गरौं भन्छे जुनकीरीले
यो मनमा अब हामी खुशी भरौं भन्छे जुनकीरीले||
कति बाँच्नु एक्लै एक्लै दुईटा मुटु छुट्टिएर हामी
खुशी जगाइ पिडाहरु सबै हरौं भन्छे जुनकीरीले||
माया अनि पिरतीले नै मनको संसार रंगिन हुन्छ
जिन्दगीका हरपलमा रंग छरौं भन्छे जुनकीरीले||
दुःख सुख शेएर गरौं माया सद्भावनि बाँडौं हामी
एकअर्काको हामी भरोसा परौं भन्छे जुनकीरीले||
मलाई थाहा छ समाजले स्वुईकार्दैन हाम्रो माया
भागौं प्यारा अन्तै बसाइँ सरौं भन्छे जुनकीरीले||
गहारो हुन्छ एक्लै एक्लै जिन्दगीको सागर तर्न
तिमी माँझी म डुङ्गा भई तरौं भन्छे जुनकीरीले||
खाँऔं कसम् जुनी काट्ने एकअर्कामा भर परी
संगसंगै हामी बाँचौं अनि मरौं भन्छे जुनकीरीले||
==========================
११/०८/२०७१
साहित्यपारखी मगर मोहन
थारमारे ४ सल्यान
हालःमुग्लानि भुमिबाट===
गजल
Badal Sharma
Nov 27th, 5:57pm
तिमि त् पूर्णेको जुन चादनी बुन्ने मान्छे
म धर्तिको बोझ सियोमा धागो उन्ने मान्छे
तिमि त आफै इश्वर सर्ब शक्तिमान छौ
म आफ्नै पिडा पथ्थरलाई भन्ने मान्छे
तिमि त हासो खुशी दुनियामा बाड्ने गर्छौ
म त औला भाची-भाची बेदना गन्ने मान्छे
कसरि सक्यौ बिर्सन यति निर्दयी त थीइनौ
तिमीलाई हासो थमाएर म आसु चुन्ने मान्छे
Nov 27th, 5:57pm
तिमि त् पूर्णेको जुन चादनी बुन्ने मान्छे
म धर्तिको बोझ सियोमा धागो उन्ने मान्छे
तिमि त आफै इश्वर सर्ब शक्तिमान छौ
म आफ्नै पिडा पथ्थरलाई भन्ने मान्छे
तिमि त हासो खुशी दुनियामा बाड्ने गर्छौ
म त औला भाची-भाची बेदना गन्ने मान्छे
कसरि सक्यौ बिर्सन यति निर्दयी त थीइनौ
तिमीलाई हासो थमाएर म आसु चुन्ने मान्छे
Subscribe to:
Posts (Atom)